Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्ड : नेता बिग्रेका हुन् जनता र कार्यकर्ता होइन

१६ मंसिर काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र कार्यकर्ता नबिग्रेको बताएका छन् ।

बिहीबार पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले नेता बिग्रिएको बताए । ‘अप्ठ्यारो स्थितिमा पनि जनता हामीसँग आए भनेपछि जनता र कार्यकर्ता बिग्रेका होइन, अलिअलि बिग्रेको बरु नेताहरु नै हो ।

नेताहरु सच्चिन्छन् भनेपछि त पूरै चिज ट्र्याकमा आउँदोरहेछ भन्ने कुरा प्रमाणित भएको छ,’ उनले भने ।

प्रचण्डले आफूहरु आन्दोलनमा गइसकेपछि र जनतालाई अपिल गरिसकेपछि जनता आफूहरुको साथमा हुँदोरहेछ भन्ने कुरा केपी ओलीले संसद् विघटन गरेपछि पुष्टि भएको बताए ।

प्रतिगमन विरोध आन्दोलनका बेलामा भएका ठूल्ठूला जनप्रदर्शन र जनसभाहरुमा पनि लाखौंको संख्यामा जनता आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment