Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डलाई लक्षित गर्दै गगनले भने – आफूले लगाएको आगोले आफैंलाई जलाउन सक्छ

१३ भाद्र ,काठमाडौ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेपाललाई बंगलादेश बनाइदिने भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा समय मागेर बोलेका महामन्त्री थापाले प्रचण्डलाई जिम्मेवार भएर विपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्। उनले प्रमुख विपक्षी दल भनेको सरकारको मात्र विपक्षी हुने मुलुक र राज्यप्रणालीको विपक्षी नहुने उल्लेख गरे।

महामन्त्री थापाले प्रचण्डलाई लक्षित गर्दै भने,’अपोजिसनमा बसेको यत्रो वर्ष शासन चलाएको नेता, फेरि कुनैपनि बेला जिम्मेवारी लिनुपर्ने पनि होला ।एकछिनको लाभको लागि आफ्नो दलका साथीहरूलाई क्षणिक कुरामा खेल्नका लागि सजिलो होला तर आफूले लगाएको आगोले आफैंलाई जलाउनसक्छ ।’

उनले उत्तेजनाको राजनीतिक बिक्छ भनेर जे पनि बोल्ने प्रवृत्ति बढेको र त्यसका बाछिटाहरू संसद्‌मा पनि देखिन थालेको बताए ।

उनले ‘वेटिङ प्रधानमन्त्री’लाई ‘बंगलादेश हुन्छ’ भन्ने छुट नभएको बताए । आफूले बोलेका विषयमा प्रचण्डले समीक्षा नगरे पनि उक्त भनाइ गलत भएको उनले उल्लेख गरे ।

नेताले आफ्नो सीमा र राजनीतिक दायरा भुल्न नहुनेमा उनले जोड दिए । उनले प्रतिपक्ष ‘सिस्टम’कै अंग भएको भन्दै त्यसलाई सरकारले पनि स्वीकार गर्नुपर्ने र गरेको बताए ।

प्रतिपक्ष दलको नेता क्षणिक लाभबाट प्रभावित हुन नहुने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment