८ असोज , काठमाडौँ । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीले जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिएका छन् ।

आज दिउँसो भिडियो कन्फरेन्सद्वारा डीआईजी गिरी प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी विजयादशमी, दीपावली तथा छठ पर्वमा विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाउन निर्देशन दिएक हुन् ।

निर्देशनकै क्रममा उनले बसपार्कहरुमा यात्रुहरुको बढि चाप हुने हुँदा समयमै यात्रु सहायता कक्षको स्थापना गर्ने, लामो दुरीको सवारी साधनहरुमा २ जना सवारी चालक राख्न लगाई कडाईका साथ कार्यान्वयन गर्ने साथै मापसे चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ र गस्ति पेट्रोलिङ बढाई कडाईका साथ चेकजाँच गर्न र बसपार्क तथा बसमा रहेका यात्रुहरुलाई यात्रा सुरक्षित बनाउन जनचेतनामुलक प्रशिक्षण समेत दिई नागरिकको सुरक्षामा खटिन निर्देशन दिएका छन् ।




