Comments Add Comment

Advertisment

SKIP THIS

कास्की प्रहरीले लागुऔषध प्रयोगकर्ताविरुद्ध स्विप अपरेसन: एकैसाथ २१ जनालाई पक्राउ

काठमाडौँ । कास्कीको पोखरामा प्रहरीले लागुऔषध प्रयोगकर्ताविरुद्ध स्विप अपरेसन चलाएको छ । लागुऔषध सेवनकर्ताले लुटपाट गर्ने, डरत्रास देखाउने र चोरी गर्ने गुनासो आएपछि स्विप अपरेसन चलाएर २१ जनालाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।

आइतबार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले प्रशिक्षण दिएको छ । प्रयोगकर्ताहरूका अभिभावकलाई पनि सँगै राखेर लागुऔषध नियन्त्रण ब्युरो पोखरा शाखाका वरिष्ठ प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठीले दुर्व्यसनीको असर र कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण प्रदान गरेका हुन् ।

उनीहरूलाई आगामी दिनमा सेवन नगर्ने शर्तमा अभिभावको जिम्मा जमानीमा रिहा गरिएको एसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै