
काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।
एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।