चितवनमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह -
Comments Add Comment

Advertisment

SKIP THIS

चितवनमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

२७ असार ,काठमाडौ । चितवनमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जिल्लाको झुवानी, रामपुर, शक्तिखोर र आसपास वर्षामापन केन्द्रमा भारी वर्षा भइरहेको हो । नवलपुरको दुम्कौली र डण्डामा मध्यम वर्षा भइरहेको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने स–साना नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment