Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको कुलेश्वरबाट म्याद नाघेको दुई हजार किलो तिल बरामद

१ कात्तिक , काठमाडौ । काठमाडौंको कुलेश्वरबाट उपभोग्य मिति नाघेको दुई हजार किलो खैरो तिल बरामद भएको प्रहरीले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बजार अनुगमनका क्रममा मसला बिक्री गर्ने फर्ममा शंकास्पद अवस्थामा उक्त परिमाणको तिल बरामद गरेको हो ।

मसला बिक्री गर्ने कुलेश्वरको फर्मले उक्त परिमाणमा म्याद नाघेको तिल राखेको पाइएको विभागका महानिर्देशक महेश भट्टराई बताए । फर्मको अन्य वस्तुसमेत शंकास्पद भएपछि प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ । बरामद भएको तिलको हालको बजार मूल्य ८ लाख रुपैयाँ भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै