स्व. बडामहाराजाधिराज पृथ्बीनारायण शाहको जन्म जयन्ती तथा राष्टृय एकता दिवसको उपलक्ष्यमा यहांहरु सम्पूर्णमा शुभकामना ! वास्तवमा पृथ्बीनारायण शाहले भौगोलिक रुपमा विभाजित नेपाललाई एक शुत्रमा बाँध्ने काम गरेका थिए ।
उनको त्यो महा अभियानले गर्दा आज हामी स्वतन्त्र नेपाली भएर बाँच्न पाएका छौं । तत्कालीन अवस्थामा शिक्षाको कमी, सामाजिक सचेतनाको अभाव, भड्किलो समाज, आर्थिक कमजोरी, भौगोलिक बिकटता, उत्तर र दक्षिणका बलिया शासक आदि कारणले धेरै असहज परिस्थितिको बाबजुद पनि उनको राष्ट्र एकीकरणको अभियान आज पनि उत्तिकै सम्झनलायक छ ।
त्यसैले पनि उनी अहिले पनि हरेक नेपालीको मन मनमा छाएका छन । उनका तत्कालिन अवस्थाका केही दिब्य उपदेशले पनि थाह हुन्छ कि रास्ट्र के हो र जनता र शासकको घनिष्टता कति हुनुपर्छ भनेर ! जस्तै: “लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुता हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ.” तत्कालिन अवस्थामा लम्जुङ शक्तिशाली राज्य थियो ।
“उप्रान्त ” यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ.चीन वादशाहसित ठूलो घाहा राष्नु. दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु.तर त्यो महाचतुर छ.” हेर्नुहोस त अझै पनि भारतले के गरिराखेको छ ।
” आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु.नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ.राजाका भंडार भन्याका रैतानहरू हुन्.”
–मेरा साना दुषले आज्र्याको मुलुक होइन.सबै जातको फुलबारि हो.सबैलाई चेतना भया. यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले (यसलाई सम्भार गर्नु पर्दछ).”
भलै सामाजिक , राजनीतिक तथा आर्थिक संरचना अभावको वावजुद भौगोलिक बिकटतामा जेलिएपनि तत्कालिन अवस्थामा एकता नै बल हो भन्ने भावनाकासाथ नेपाल एकीकरण गर्ने मूख्य देन पृथ्बीनारायण शाहको छ । त्यसैले हरेक नेपालीले राम्रो कुराको ईतिहास साक्षि राखी बोल्नु पर्छ । ता कि अहिलेको जस्तो बिकृत्ति, बिसंगति, दुराचार, भ्रस्टाचारमा जेलिनु नपरोस !
खिमराज गिरी


