Comments Add Comment

Advertisment

SKIP THIS

बलात्कार गरेको आरोपमा झड्केलो बुवालाई प्रहरीले पक्राउ

२० जेठ , काठमाडौ । ललितपुरको एकान्तकुनामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झड्केलो बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा बलात्कार गरेको बताइएको छ ।

अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै