१२ असोज, काठमाडौ । सरकारले लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको हो । बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
देशभर अवरुद्ध भएका सडक सञ्जालहश खोल्नका लागि पनि भौतिक, पूर्वाधार मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको गुरुङले बताए ।