६ चैत , काठमाडौ । सरकारले नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा पाँच जना डीआईजीको बढुवा गरिएको हो ।