Comments Add Comment

Advertisment

SKIP THIS

मधेसी महिलाबाट सिंह पहिलो डीआईजी, गृहमन्त्रीलाई धन्यवाद ज्ञापन

२८ पुष , काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पूजा सिंहको बढुवा गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिनिधिमण्डलले गृहमन्त्री खाणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पहिलोपटक डीआईजी पदोन्नति गरेकामा धन्यवाद दिएको हो ।

‘मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौं,’ कांग्रेस केन्द्रीय सदस्य यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं । सरकारले उदाहरणीय काम गरेको छ ।’

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी संगठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय बनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment