२३ जेठ , काठमाडौ । चौदण्डीगढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आइतबार बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो ।
आइतबार बिहान ७;३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला मक्किएको काठको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।