Comments Add Comment

Advertisment

SKIP THIS

लाङटाङ राष्ट्रिय निकुञ्जले बरामद गरेको भरुवा बन्दुक प्रहरीलाई हस्तान्तरण

२६ फागुन , काठमाडौ । लाङटाङ राष्ट्रिय निकुञ्जले बरामद गरेको भरुवा बन्दुक प्रहरीलाई हस्तान्तरण गरेको छ । बुधबार सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा एक कार्यक्रमको आयोजना गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दलाई बन्दुक हस्तान्तरण गरेका छन् ।

निकुञ्ज क्षेत्रमा विभिन्न समयमा फेला परेका भरुवा बन्दुक प्रहरीलाई बुझाइएको भट्टराईले जानकारी दिए । उनका अनुसार निकुञ्जको विभिन्न स्थानमा फरक(फरक समयमा ठूलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक २ थान र भरुवा बन्दुकको नाल २ थान फेला पारिएको थियो।

बेवारिसे अवस्थामा फेला पारिएका यी हतियार वन्यजन्तुको चोरी सिकारका लागि प्रयोग हुने गरेको उनले बताए । निकुञ्जले टुर गस्तीलगायतको संरक्षणसम्बन्धी कार्यक्रम सशक्त रूपमा सञ्चालन गरेको अवस्थामा चोरी सिकार गर्नेले बेवारिसे अवस्थामा छोडेर भागेका हुनाले हतियार नियन्त्रणमा आएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment