Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेश : मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित, प्रहरीलाई ड्रोन हस्तान्तरण

२५ असार , काठमाडौ । बागमती प्रदेश सरकारले मनसुन सुरु भएसँगै प्रदेशमा हुने क्षति न्यूनिकरणको लागि तयारी स्वरुप मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्ययोजना पारित गरेको हो ।

कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्दार सम्बन्धि प्रतिकार्यको योजना निर्माण गरेको छ । बैठकले विभिन्न विषयगत क्षेत्रमा कार्य गर्ने गरी प्रदेश सरकारका विषयगत मन्त्रालयहरु र गैरसरकारी संघ संस्थाहरुका लागि विषयगत क्षेत्र तय गरी ती मन्त्रालयको ठोस ठोसमा कार्य जिम्मेवारी समेत तोकेको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्सँग सम्बन्धित पूर्वतयारीदेखि पुर्नवाससम्मको कार्यको लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाइ निर्देशन दिनेछ भने आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरुसँग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामाग्री साथै राहत सामग्रीहरुको प्रवन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्नेछ ।

त्यस्तै प्रदेश विपद् कोष सञ्चालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भए बमोजिम आवश्यक रकम कोषबाट खर्च गर्नसक्ने छ । बैठकले सम्पूर्ण विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए ।

मन्त्री श्रेष्ठले बागमती प्रदेश प्रहरी कार्यालयको लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गरे । विपद् ब्यवस्थापनमा टेक्नोलोजिको माध्यमबाट पनि काम अघि बढाउनुपर्ने भएकोले प्रदेश सरकारले प्रहरीलाई ड्रोन हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment