Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको प्रवक्तामा मनोज गजुरेल मनोनीत

११ भदौ ,काठमाडौ । राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको छैटौँ वार्षिक साधारणसभा तेस्रो प्रदेश अधिवेशन २०८० भव्यताका साथ सम्पन्न भएको छ ।

बाग्मती प्रदेशको अधिवेशनमा बिशिष्ठ अतिथी हास्य कलाकार तथा गायक किरण केसी लगायत राष्ट्रिय संगीत कर्मी संघका केन्द्रिय पदाधिकारीहरु र बाग्मती प्रदेशमा पर्ने सबै जिल्लामा आबद्द रहेका सदस्यहरु सहित आजिवन सदस्यको उपस्थितीमा अधिवेशन सम्पन्न भएको थियो ।

राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको नयाँ कार्य समितीमा प्रवक्ता पद भने खाली रहेको जानकारी अबगत नै थियो तर आज बसेको बाईसधारा घर नामक होटलबाट राष्ट्रिय संगीत कर्मी संघ बाग्मती प्रदेशको अधिवेशन पछि को पहिलो विस्तारित बैठकको हलले प्रवक्ता पदमा मनोज गजुरेलाई मनोनीत गरेको छ ।

राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको नयाँ कार्य समितीका पदाधिकारीहरु क्रमश :

अध्यक्ष : दावा फिन्जो तामाङ
बरिस्ठ उपाध्यक्ष : श्रेय दुलाल, साबित्री श्रेष्ठ
उपाध्यक्ष : बिनायक तामाङ
महिला उपाध्यक्ष : अर्चना श्याङतान,
उपाध्यक्ष : फुल माया तामाङ
महासचिव : दिनेश तामाङ
सचीव : कारण तामाङ,शिशिर थोकर तामाङ, कृष्ण बहादुर चन्द, राजु सापकोटा
कोषाध्यक्ष : भुवन दुलाल,
सह स्कोषाध्यक्ष उमेश कुमार कार्की,
प्रवक्ता : मनोज गजुरेल
सदस्यहरु क्रमश : धन बहादुर कार्की, रिजन पुलामी मगर,कुमारी ग्लान, सर्स्वती तामाङ , चन्द्र माया मोक्तान , राज कुमार खनाल, नुर्बु तामाङ , पिता चन्द न्यौपाने, खमेश श्रेष्ठ , सुमिक्स मदन रहेको जानकारी न्युजद्दद्धग्यालेक्सीलाई आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment