Comments Add Comment

Advertisment

SKIP THIS

प्लास्टिकका फूलगुच्छा र माला प्रतिबन्ध , बिक्री गरेमा १ लाखसम्मको जरिवाना

३ कार्तिक , काठमाडौं । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयले गत १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध गर्ने निर्णय गरेको थियो । सो निर्णय तिहार नजिकिँदै गर्दा कार्यान्वयन गरेको हो ।

वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग निर्देशन दिएको छ । यदि प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै