Comments Add Comment

Advertisment

SKIP THIS

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : राजमार्ग अवरुद्ध, टिप्पर जलाइयो

१ असार , काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा गएराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गएराति साढे ९ बजे राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९, ढकेरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक लोकेन्द्र विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक विष्ट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ निवासी हुन् । कोहलपुरबाट पूर्व जाँदै गरेको भे १ ख ३०९९ नम्बरको टिप्परले भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटना भएपछि स्थानीयले शवलाई सडकमै राखेर राजमार्ग बन्द गरेका छन् । आक्रोशित भिडले टिप्पर जलाएका छन् । चालक भने फरार रहेको र प्रहरीले खोज तलास गरिरहेको छ ।

बाँके प्रहरीका अनुसार टिप्परका मालिकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरमा ल्याइएको र पीडित पक्षसँग वार्ताको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment