Comments Add Comment

Advertisment

SKIP THIS

सिन्धुलीबाट चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

५ भदौ , काठमाडौ । प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बाट चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको बोधिमाई नगरपालिका–१ घर भएका १९ वर्षीय विसम्बर शाह कलवार र १८ वर्षीय सुरजकुमार गोसाई छन् । बागमती प्रदेश–०२–०२७ प १३७६ नम्बरको मोटरसाइकल ललितपुरबाट चोरेर उनीहरुले सिन्धुली लगेका हुन् ।

पीडितले मोटरसाइकल चोरी भएको भनेर प्रहरी वृत्त सातदोवाटोमा निवेदन दिएका छन् ।

चोरी मुद्दाामा अनुसन्धान गर्न उनीहरुलाई वृत्त सातदोबाटोमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment