Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

१५ साउन , काठमाडौ । रौतहटबाट चोरीको मोटरसाइकल सहित एकजना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा माधव नारायण नगरपालिका १ दिपही गाउँका वर्ष २७ का शिवचन्द्र प्रसाद जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले न्युज24ग्यालेक्सीलाई जानकारी दिइन् ।

चन्द्रपुर नगरपालिका ४ मुस्लिम टोलका २४ वर्षीय हसन सरिफको नाउँमा रहेको प्रदेश २-०२८ प ७८३४ नम्बरको उक्त मोटरसाइकल गत साउन ११ गते राती उनको घरैबाट चोरी भएको थियो।

चोरीको भोलिपल्ट सरिफले इलाका प्रहरी कार्यालय चन्द्रनगाहपुरमा दिएको निवेदनको आधारमा जायसवाललाई मोटरसाइकल सहित पक्राउ गरेको हो।

जैसवालमाथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment