११ पुष , काठमाडौ । जनकपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका वडा नं. ३ का २१ वर्षीय निरज साह रहेका छन् । जनकपुरको हस्पिटल रोडमा प्रदेश २–०२–००३ प ४८१४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ गरेको जानकी प्रहरी चोकीले जनाएको छ ।
प्रहरीका अनुसार सो मोटरसाइकल जनकपुरधाम उपमहानगरपालिका वडा नं। ६ बस्ने तुल्सी साहको रहेको छ । पक्राउ परेका युवकलाई जानकी प्रहरी चोकीले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।



