Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

१० साउन , काठमाडौ । दाङमा मोटरसाइकलले ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले गएराती पूर्व पश्चिम राजमार्ग अन्तरगत नर्तीमा ठक्कर दिंदा सोही ठाउँ निवासी करिब ४० बर्षिय सन्तु चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका–२ वनकट्टा निवासी शुरेस चौधरीलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

ठक्कर दिएपछी मोटरसाइकल चालक भागेका थिए । मृतक चौधरीको शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै