Comments Add Comment

Advertisment

SKIP THIS

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२ साउन , काठमाडौ । धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार साँझ दुर्घटना भएको हो।

दुर्घटनामा धनगढी उपमहानगरपालिका–१७ का २१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment