Comments Add Comment

Advertisment

SKIP THIS

अष्ट्रेलियाकी सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा

१९ साउन , काठमाडौं । अष्ट्रेलियाकी १ आदिवासी सांसदले शपथ ग्रहण गर्ने बेला बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा भएको छ ।

सिनेटर लिडिया थोर्पले शपथ ग्रहणको व्यहोरामा आफूखुसी केही शब्द थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी हुन् ।

शपथ लिने क्रममा उनले भनिन्, ‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।’

उनले यसो भनेपछि सभामुख सु लाइन्सले रोकेकी थिइन् । त्यसपछि उनले दोहोर्याएर सपथ लिएकी थिइन् । थोर्पले भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छिन् ।

हाल अष्ट्रेलियामा लेबर पार्टीको नेतृत्वमा सरकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै