करेन्ट लागेर एकजनाको मृत्यु -
Comments Add Comment

करेन्ट लागेर एकजनाको मृत्यु

३ असार , काठमाडौँ । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो ।

बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो ।

गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment