Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनमा रुसी सैनिक नेतृत्व हेरफेर

२६ चैत , काठमाडौं । रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । बीबीसीले जनाएअनुसार रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक नेतृत्व हेरफेर गरेको हो ।

बीबीसीको समाचारमा जनाइएअनुसार जनरल अलेक्जेन्डर दिभोर्निकोभलाई युक्रेनमा रुसी सैनिक गतिविधिको नेतृत्व गर्ने सम्पूर्ण जिम्मेवारी दिइएको छ ।

यसअघि युक्रेनका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै रुसी कमान्डरले युद्ध चलाइरहेको बताइएको छ । जनरल दिभोर्निकोभसँग सिरियामा रुसी कारवाहीमा राम्रो अनुभव रहेको पश्चिमा अधिकारीहरुले बताएका छन् ।

नाम नबताउने स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसअघि दिभोर्निकोभ रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर थिए । युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ ।

अपेक्षा अनुसार सैनिक लक्ष्य हासिल गर्न नसकेको र किभ जस्ता मुख्य शहरमा पनि नियन्त्रण जमाउन नसकेका कारण अहिले रुसी सेना पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै