Comments Add Comment

प्रहरी परिसर काठमाडौंले ठेकेदार मनोजकुमार भेटवाललाई बैंकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौं , जिल्ला प्रहरी परिसर काठमाडौंले ठेकेदार मनोजकुमार भेटवाललाई पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै बुधबार काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भेटवाललाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको जानकारी दिएका छन् ।

भेटवालविरूद्ध करिब ३ करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो। उनको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो।

भेटवाल यसअघि २०७५ वैशाखमा एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए।

भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै