Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१३ मंसिर , काठमाडौँ । काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टोखा नगरपालिका–६, ग्रिनल्याण्डमा गएराति बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गए राति साढे ११ बजे कँडेलको मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडि सवार पञ्चकन्या–४ कै २२ वर्षीय सन्देश कार्कीको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment