Comments Add Comment

Advertisment

SKIP THIS

भरतपुर महानगरमा रेनु ३ हजार मतले अगाडि

०५ जेठ , काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १५ हजार ७४७ मत ल्याएर अग्रता कायमै राखेकी छन् ।

बिहीबार मध्याह्नसम्म ४१ हजार ४१४ मत गनिसक्दा नेकपा एमालेका विजय सुवेदी १२ हजार ६१९ मतले पछ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १८ हजार २४० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत १० हजार १३६ मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै