Comments Add Comment

Advertisment

SKIP THIS

घानामा ट्रक विष्फोटमा परी १७ जनाको मृत्यु


७ माघ , काठमाडौँ । घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो। विष्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ ।

अन्य सञ्चारमाध्यमहरूले घटनामा करिब ६० जना घाइते भएको पनि उल्लेख गरेका छन्। यद्यपि घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment