Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा एकै दिन ३५ सय २४ जना सवारी चालकमाथि कारबाही

१६ भदौ , काठमाडौ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ५२४ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा अनावश्यक हर्न बजाउने २३५ जना, फुटपाथमा पार्किङ गर्ने २६७ जना, मदिरा पिएर सवारी साधन चलाउने १५६ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ११८ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ११७ जना सवारी चालक रहेका छन् ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने १०३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ९५ जना, लेन उल्लङ्घन गर्ने ७९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment