Comments Add Comment

Advertisment

SKIP THIS

मोरङबाट ८ किलो गाँजासहित तीन पक्राउ

१४ असार , काठमाडौं । मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका तीन युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई,२९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुले बोकेको जेब्रा झोलामा ८ किलो गाँजा फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै