Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डको टेन्सन साफ ! केन्द्रमा राख्ने मान्छे नै भेटिएनन्

१९ पुष , काठमाडौ । आइतबार साँझ प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम पढिरहेका थिए । आदिवासी जनजातितर्फको नाम पढिरहँदा उनी केहीबेर अड्किए । उ।।।तामाङ । थर प्रष्ट भयो, तर नाम प्रष्ट भएन ।

नामहरु पढ्दै जाँदा प्रचण्ड आदिवासी जनजातितर्फको युवा क्लष्टरमा पुगे । त्यहाँ उनले अर्को एउटा नाम पढे– आर तामाङ । र, भने, ‘अघिको त्यो उ।।। तामाङ भनेको यही हो ।’ प्रचण्डले यसो भन्दै गर्दा बन्दशत्रमा हाँसो गुञ्जियो ।

प्रचण्डद्वारा केन्द्रीय सदस्यमा नाम घोषणा गरिएकी आर तामाङ राधिका तामाङ हुन् । उनी वागमती प्रदेशसभाकी उपसभामुख छिन् । संसदीय परम्परामा सभामुख, उपसभामुख बनेपछि पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिने र पछि संसदीय जिम्मेवारीबाट पदमुक्त भएपछि पुनः पार्टीको जिम्मेवारीमा फर्कने प्रचलन छ ।

त्यसो त माओवादीको केन्द्रीय कमिटीमा कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्ट पनि छानिएकी छन् । अध्यक्ष प्रचण्डले उनको नाम पनि ‘पी घर्ती’ भनेर छोटकरीमा वाचन गरेका छन् । फर्जी नामबाट उपसभामुखहरुलाई पार्टीको केन्द्रीय कमिटीमा समावेश गर्ने यो नयाँ अभ्यास हो ।

मान्छे नै नभेटिएपछि

माओवादी अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २३६ जनाको मात्रै नाम वाचन गरे । ६३ जनाको सीट अझै खाली रह्यो । समानुपातिकतर्फ २९ र दुल्लातर्फको ३४ सीट चाँडै पदपूर्ति गरिने प्रचण्डले बताए । नेताहरुका अनुसार आकांक्षीहरु सकिएका र केन्द्रीय कमिटीमा ल्याउने व्यक्तिहरु नपाइएका कारण तत्काल यी सीटहरु खाली राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै