Comments Add Comment

Advertisment

SKIP THIS

धनुषा प्रहरीको हिरासतबाट भागेका थप १ जना थुनुवा पक्राउ गर्न सफल नेपाल प्रहरी

काठमाडौँ । धनुषास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट भागेका थप १ जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतको पर्खाल भत्काएर माघ १६ मा ६ जना थुनुवा भागेका थिए ।

हातहतियार र खरखजाना मुद्दामा अनुसन्धान भइरहेका ३६ वर्षीय शंकर सिंह महतोलाई पर्साको बीरगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले बताएका छन् ।

एसपी खड्काका अनुसार, २ जना हाल फरार रहेको थुनुवा मध्ये हातहतियार खरखजाना मुद्दाको वर्ष ३६ को शंकर सिंह महतोलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका संयुक्त प्रहरी टोलिले व्यापक सर्च अपरेशन चलाई खोज तलाश गर्दे जाने क्रममा पक्राउ गर्न सफल भएकाे छ ।

प्रहरीका अनुसार, २०७९ फागुन २७ गते जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वास्थित भन्सार हुँदै लुकीछिपि नेपालबाट भारततर्फ भाग्ने क्रममा फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी धनुषाकाे कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै