Comments Add Comment

Advertisment

SKIP THIS

बसको ठक्करबाट एकजनाको मृत्यु

१८ कात्तिक, काठमाडौं । पाल्पाको दोभानमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिँदा स्याङ्जा चापाकोट नगरपालिका ५ का ४१ वर्षीय मोहनप्रसाद पाण्डेको मृत्यु भएको हो ।

घाइते भएका पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment