Comments Add Comment

Advertisment

SKIP THIS

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१२ माघ , काठमाडौँ । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका-३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

मंगलबार राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक-३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो । कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि शव दमक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment