कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु, थप एक जना घाइते -
Comments Add Comment

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु, थप एक जना घाइते

१० माघ , काठमाडौ । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका-१० को तुलसीपुर सामुदायिक वनमा सोही ठाउँको पहलमानपुर बस्ने ४० वर्षीय धनबहादुर शाहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर मोहन्याल गाउँपालिका-३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन् । खत्रीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment