काठमाडौं– प्रहरी प्रभाग लुभुमा कार्यरत प्रहरी नायब निरीक्षक सन्तोषकुमार बुढाथोकी माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
माघ ४ गते प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराएकाले उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राखेको भन्दै योगदानको उच्च कदर गर्दै ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी शेखर खनालले नगद पुरस्कार तथा प्रशंसा-पत्र सहित सम्मानसमेत गरेका छन्। उनी ईलाका प्रहरी कार्यालय खजुरी धनुषा दरबन्दी हाल प्रहरी प्रभाग लुभुमा कार्यरत हुन्। उनलाई माघ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित गरी पुरस्कृत गरिएको हो।






