जनकपुरबाट स्रोत नखुलेको साढे ३८ लाख रुपैयाँसहित पक्राउ -
Comments Add Comment

जनकपुरबाट स्रोत नखुलेको साढे ३८ लाख रुपैयाँसहित पक्राउ

७ कात्तिक , काठमाडौ । जनकपुर उपमहानगरपालिका-२१ कुर्थाबाट स्रोत नखुलेको नगद ३८ लाख ५० हजार रुपैयाँ सहित महोत्तरी भंगहा नगरपालिका-१ बस्ने २१ वर्षीय सुवम राज चौवेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रूपमा रकम नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको साथबाट १ हजार दरको २९ बण्डल र ५ सय दरको १९ बण्डल गरी जम्मा ३८ लाख ५० हजार रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds