Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरको लोलाङमा जुत्ता कारखानामा आगलागी

७ कात्तिक , काठमाडौ । काठमाडौंको तारकेश्वरस्थित एक जुत्ता कारखानामा आगलागी भएको छ । तरकेश्वरको लोलाङ हाइटमा रहेको जुत्ता कारखानामा आगो लागेको हो ।

आगो निभाउन सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

यद्यपि दीपावलीमा बालिएको दियोबाट आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण पनि सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment