Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको तारकेश्वरमा दिनदहाडै चोरी ! बालाजु प्रहरीले अनुसन्धान गर्दै

१५ असोज ,काठमाडौ । तारकेश्वर नगरपालिका ६ धर्मस्थली ढकालटार बस्ने ५५ वर्षीय ईश्वर प्रसाद श्रेष्ठको घरबाट करिब ६ लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको विभिन्न सुनका गहना बिहीबार दिउँसो चोरी भएको छ ।

उनको घरमा कोही नभएको अवस्थामा अपरिचित ब्यक्तिहरुले ढोकाको ताल्चा फुटाएर घरभित्र रहेको सुनका विभिन्न गहना चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै