Comments Add Comment

Advertisment

SKIP THIS

कास्कीका एसपी मोहन थापा गण्डकी प्रदेश भरिकै उत्कृष्ट प्रहरी घोषित

काठमाडौं–जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको थियो ।

एसपी थापाले विगत ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनले कार्यभार सम्हालेदेखि कास्कीको शान्ति सुरक्षाथ प मजबुत भएको र अपराध अनुसन्धानमा पनि धेरै सफलता प्राप्त गरेको भन्दै प्रदेश सरकारले एसपी थापालाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

एसपी थापाले सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको हाे ।

त्यसैगरी शान्ति सुरक्षा कायम राख्न अन्य प्रहरीले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको छ । एसएसपी अरुण पौडेल, डीएसपी भोजराज पाण्डेय पनि पुरस्कृत भएका छन् । सशस्त्र प्रहरी बल नेपालतर्फबाट डीएसपी रवीन अधिकारी, हवल्दार रवीन्द्र थापा र जवान माधव भुसाल पुरस्कृत भएका छन् ।

शान्तिसुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कारबाट नेपाली सेनातर्फ सुवेदार सञ्जीवबाबु श्रेष्ठ, प्यूठ जीवन मल्ल, सिपाही उमेश बानियाँ पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै