१ पुष काठमाडौ । झापामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कन्काई नगरपालिका-३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट कन्काई ८ की ३८ बर्षीया राधिका सेडाईको मृत्यु भएको हो ।
बुधबार मध्य राती ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भिर घाईते बनाएकोमा उपचारको लागि B&C अस्पताल बिर्तामोड पुर्याउना साथ उनको मृत्यु भएको थियो ।
ट्रक र ट्रक चालक सर्लाहीको बागमती नगरपालिका-४ का २९ बर्षिय उतम वाईबालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।





