२६ आषाढ ,काठमाडौ । रौतहटमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको राजपुर नगरपालिकाका ३ का ओसी महमदका १४ वर्षीय छोरा रिजमाद महदको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

रिजमादलाई दाँतले टोकेर पानी चलाउने मोटरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई सुरेश गुप्ताले जानकारी दिएका छन । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरले जानकारी दिएको छ ।