Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु

कैलाली । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।

गत साउन १४ गते आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

उक्त ट्याक्टरको ठक्करबाट अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए । उनको घर बझाङको तल्कोट हो ।

उनको मायामेट्रो अस्पतल धनगढीमा उपचारका क्रममा हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै