Comments Add Comment

Advertisment

SKIP THIS

फिल्ममा सानो रोल खेल्दै ओली, २ दिनको पारिश्रमिक १० लाख

२३ भदौ , काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेल्न प्रस्ताव आउन लागेको छ । रातामकै नामले परिचित कलाकार किरण केसीले ओलीलाई अभिनयको मौका दिने तयारी गरेका हुन् ।

आफ्नो आगामी फिल्ममा ओलीलाई पनि सानो भूमिका दिने इच्छा रहेको उनले बताएका हुन्। छायांकनका लागि ओलीको दुई दिन मात्रै माग्ने र १० लाख पारिश्रमिक दिने केसीले बताएका छन्।

दशैंपछि औपचारिक रुपमा उहाँलाई फिल्म खेलाउन प्रस्ताव गर्नेछु । उहाँले हुन्न भन्न पनि सक्नुहुन्छ, तर उहाँलाई जसरी भए पनि कन्भिन्स गर्छु,’ केसीले भने, ‘किनभने उहाँलाई हार्मोनियम र गितार बजाउन आउँछ । जोक्स पनि गर्नुहुन्छ । कलाकारमा हुने गुण सबै उहाँमा छ ।’

पूर्वप्रधानमन्त्रीलाई फिल्म खेलाएर विश्व रेकर्ड राख्ने आफ्नो तयारी रहेको पनि केसीले सुनाए । ‘वामदेव गौतम पनि नाच्नुहुन्छ । प्रचण्ड पनि नाच्ने मान्छे हो । नाच्ने नेताले फिल्म खेल्छन् भने म खेलाउन तयार छु । यो मेरो नितान्त व्यक्तिगत रुचि हो,’ उनले भने ।

उनका अनुसार यतिवेला फिल्मको पटकथामा काम भइरहेको छ। पटकथाको काम सकिएपछि ओलीलाई औपचारिक रूपमा प्रस्ताव गर्ने तयारीमा रहेको उनले जनाएका छन्।

ओलीले हार्मोनियम, गितार बजाउने कलादेखि कलाकारमा हुने सम्पूर्ण गुण भएको र आफ्नो फिल्मको एउटा पात्र ओलीका लागि ठिक हुने उनले बताएका छन्। ओलीले आफ्नो प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहे पनि मनाउने प्रयास गर्ने पनि उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै