काठमाडौं, २२ जुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अष्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, क्यानबेरा र मेलबर्नमा आफ्नो तेस्रो वार्षिकोत्सव र सञ्जाल कार्यक्रम आयोजना गर्न लागेको छ।
यसरी तीन सहरहरूमा आयोजना हुने यी कार्यक्रमहरूमा प्रवासी नेपालीहरूसँग छलफल, शुभकामना आदानप्रदान र नेपालको वर्तमान राजनीतिक अवस्थासम्बन्धी जानकारी साट्ने उद्देश्य राखिएको छ।
सिड्नी, क्यानबेरा र मेलबर्नमा कार्यक्रम :-
– सिड्नी:-शनिबार, २१ जुन, बिहान १० बजे, The Himalayan Grill, Merrylands (न्यू साउथ वेल्स राज्य समिति संयोजक)
– क्यानबेरा:- आइतबार, २२ जुन, दिउँसो ३–६ बजे, The Hungry Buddha, Belconnen (ACT राज्य समिति संयोजक)
-मेलबर्न:-सोमबार, २३ जुन, साँझ ४–५:३० बजे, 81 Salt Lake Boulevard, Wollert (भिक्टोरिया राज्य समिति संयोजक)
संसद पराजुलीको नेतृत्वमा:-
काठमाडौं क्षेत्र नं. ७ बाट संघीय सांसद र रास्वपा केन्द्रीय कार्यकारिणी सदस्य गणेश पराजुलीको प्रमुख आतिथ्यमा यी कार्यक्रमहरू सम्पन्न हुनेछन्। उनी हाल अष्ट्रेलियामा नै छन् भने १७–१८ जुनमा सिड्नीमा गार्मेन्ट एसोसिएसन अफ नेपाल (GAN) को प्रदर्शनीमा सहभागी भएका थिए। उनी २४ जुनमा नेपाल फर्कने कार्यक्रम छन्।
प्रवासी नेपालीहरूसँग सहकार्य :-
रास्वपा अष्ट्रेलियाका प्रमुख डा. कृष्ण पौडेलले यस कार्यक्रमको तयारी पूरा भएको बताएका छन्। उनका अनुसार, यसले प्रवासी नेपालीहरूसँग सीधा सम्पर्क गरी उनीहरूको सुझाव र आवश्यकताहरू बुझ्न मद्दत गर्नेछ।
साथै, नेपालको राजनीतिक परिवेश र रास्वपाको भूमिकाबारे पनि छलफल हुनेछ।
यसरी अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आयोजना हुने यो कार्यक्रमले द्विपक्षीय सम्बन्ध र प्रवासी नेपालीहरूको सहभागितालाई बढावा दिने अपेक्षा गरिएको छ।