२४ फागुन , काठमाडौ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले ६ लाख ८० हजार मूल्यका सामान भन्सार छली गरेको अवस्थामा बरामद गरेको कालिमाटी प्रहरी वृत्तका डिएसपी अनिलकुमार घिमिरेले बताए ।

काठमाडौं महानगरपालिका–१४ स्थित कलंकी ढुंगेअड्डामा भन्सार छली गरेका सामान आइरहेको गोप्यद सूचनाको आधारमा प्रहरी टोलीले सामान बरामद गरेको हो । डिएसपी घिमिरेका अनुसार बरामद सामानहरू आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।
प्रहरीले नोभा शुद्ध घ्यु १५२ प्याकेट, अमुल चिज ६० प्याकेट, अमुल बटर ३९० प्याकेट, अमुल फ्रेस क्रिम १२८ प्याकेट, कोट कपडा १५ वटा, कुर्था सुरुवाल ७२ वटा बरामद गरेको छ ।






