प्रहरी दिवसको अवसरमा रक्तदान तथा माक्स वितरण कार्यक्रम सम्पन्न : पोखरा -
Comments Add Comment

प्रहरी दिवसको अवसरमा रक्तदान तथा माक्स वितरण कार्यक्रम सम्पन्न : पोखरा

१७ असोज , पोखरा । “६६ औं प्रहरी दिवस २०७८”को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा खुल्ला रक्तदान तथा माक्स बितरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखराको चिप्लेढुङगामा गरिएको उक्त रक्तदान कार्यक्रममा ८१ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणहरुले रक्तदान गर्नुभएको थियो ।

उक्त रक्तदान कार्यक्रम क्षेत्रीय रक्त संचार केन्द्र पोखरा र गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।

त्यस्तै ६६ औं प्रहरी दिवसकै अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पोखराका बिभिन्न स्थानहरुमा निस्शुल्क माक्स बितरण कार्यक्रम समेत सम्पन्न भएको छ । कोरोना माहामारीको प्रभाव केही न्यून भएतापनि चाडपर्वहरु नजिकिए संगै बढ्ने भिडभाडले संक्रमणको जोखिम बढ्न सक्ने कुरालाई मध्येनजर गरी उक्त माक्स बितरण कार्यक्रम गरीएको हो ।

आम नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी माक्स नलगाउने नागरिकलाई सम्झाई बुझाई सहित माक्स बितरण गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment