Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा सामूहिक बलात्कार आरोपमा पोखरामा ३ जना पक्राउ

२८ वैशाख , काठमाडौ । जिल्ला प्रहरी कार्यालयले सामूहिक बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, कृष्ण रानाभाट र विनोद परियार छन् ।

उनीहरुले वैशाख २४ गते राति पोखरा महानगरपालिका–१०, अमरसिंहमा खाजा खान जाने बहानामा ललाइफकाई एक जना महिलाई पार्किङमा रहेको गाडीमा लगेर सामूहिक करणी गरेको आरोप प्रहरीले लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘खाजा खान जाम भनेर ललाइफकाई बियरसमेत खुवाएर अमरसिंह मैदानमा पार्किङ गरिराखेको गाडीमा करणी गरेको अवस्था सीआरबीले फेला पारेको हो ।’

प्रहरीका अनुसार उनीहरुलाई वैशाख २५ गते बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट करणीसम्बन्धी कसूरमा ७ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment